Loading Events

All Events

  • This event has passed.

असोज ३ कालो दिन, संविधान पुनर्लेखनको आवश्यकता

September 19, 2024 @ 3:00 pm - 5:00 pm
२०७२ असोज ०३ गते नेपालको राजनीतिक इतिहासको एउटा कालो दिन हो, जुन दिन काठमाडौंमा उत्सवको माहोल थियो, तर मधेशमा नरसंहारको ताण्डव मच्चाइँदै थियो। यो घटना कुनै छुट्टै मुद्दा होइन, बरु राज्यले मधेशी, थारू, दलित, र अन्य सीमान्तकृत समुदायहरूमाथि गरेको ऐतिहासिक अन्यायको शृङ्खलाको एउटा क्रूर अध्याय हो। जसलाई ‘संविधान जारी गर्ने’ नाममा ढाकछोप गरिएको थियो।
राज्यले मधेशसँग गरेका सम्झौताहरूलाई लत्याएर, मधेशले मागेको अधिकारको सुनिश्चिता गर्नुपर्छ भनी गरेको आवाजलाई बन्दुकको नालले चुप पार्न खोज्यो। यो कुनै मात्रिक अपमान थिएन; यो त राज्यले जानाजान गरेको ‘Genocide’ थियो, जहाँ मधेशीहरूको अधिकार र अस्तित्व नै हरण गर्ने प्रयास गरिएको थियो। संविधानको नाममा विधि र प्रक्रियालाई तिलाञ्जलि दिँदै, एउटा सम्पूर्ण समुदायलाई लक्षित गरी हिंसात्मक दमन गरियो। यो केवल एउटा ‘दमन’ थिएन, यो त राज्यले मधेशीहरूको अस्तित्वसँग खेलवाड गर्ने र उनीहरूलाई संविधानको प्रक्रियाबाट बाहिर राख्ने प्रयास थियो।
राज्यले मधेशीसँग गरेको सम्झौताहरू र तिनका अधिकारहरू कटौती गर्दै, राज्यले शान्तिपूर्ण प्रतिकार गर्नेहरूको आवाजलाई न केवल बेवास्ता गर्यो, बरु संविधान लाद्न बन्दुकको बलमा दमन गर्यो। झन्डै दशक बितिनलागे, ता पनि ती अधिकारहरू सुनिश्चित हुन सकेका छैनन्। राज्यले मधेशीहरूको हक र अधिकार सुनिश्चित गर्न नसक्नु भनेको संविधानले ल्याएको विभाजनको भावनालाई अझ बलियो बनाउनु हो।
त्यसैले, यो वर्ष Madhesh Library and Research Center ले विभेदित संविधानको कालो दिनलाई सम्झिँदै “संविधान पुनर्लेखनको आवश्यकता” विषयक छलफल गर्दैछ। संविधान जसले सबै नागरिकलाई समान बनाउनु पर्छ, त्यसमा फेरि विचार गरिनु जरुरी छ, ताकि सबै समुदायका अधिकारहरू समान रूपमा सुनिश्चित हुन सकून्।
संविधान जबरजस्ती लादेर ‘संघीयता’ ल्याएको भनिए पनि, राज्यको संरचना मधेशीहरूको आत्मसम्मानमाथिको घात हो। त्यसैले, अब समय आइसकेको छ संविधान पुनर्लेखनको जसले सबै जातजाति, समुदाय र वर्गलाई सँगै ल्याउन सकून्।
तपाईंहरूको उपस्थिति र सक्रिय सहभागिताको प्रतीक्षामा छौँ।

Details

Date: September 19, 2024
Time:
3:00 pm - 5:00 pm

Organizer

Madhesh Library & Research Center
Phone: 9825733821
Email: info@madheshlibrary.com

Venue

Madhesh Library Hall
Madhesh Library & Research Center
Kathmandu, Bagmati 45600 Nepal
+ Google Map
Phone: 9825733821