
- This event has passed.
उत्पीडित समुदायको मुक्ति र बहुल राष्ट्रको सवाल
September 7, 2024 @ 3:30 pm - 6:30 pm

नेपाल मौलिक रूपमा बहुराष्ट्रिय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक राज्य हो । तर, कालान्तरमा यो एकल जातीय राज्य हुनपुग्यो । महेन्द्रको एउटा भाषा एउटा भेषको नीतिले मुलुकको अरु थुप्रै राष्ट्रहरू उत्पीडनमा परे। एउटा निश्चित राष्ट्रलाई देशको समग्र पहिचानको रूपमा परिभाषित गरे जसको दुष्परिणाम केवल एउटा समुदायका मात्रै राज्यका हरेक तह, तपकामा हाली मुहाली भए र अरु समुदायहरू उत्पीडित हुनपुग्यो ।
हाम्रो समाजमा उत्पीडित समुदायहरूको मुक्ति मात्र अधिकारको मुद्दा होइन; यो हाम्रो राष्ट्रिय पहिचानको पुनःपरिभाषा र बहुल राष्ट्र निर्माणको आधारशीला हो। उत्पीडित समुदायहरूको मुक्तिको प्रश्न उठाउनु भनेको केवल व्यक्तिगत स्वतन्त्रताको सवाल होइन, बरु सामाजिक न्याय, समानता र सम्पूर्ण राष्ट्रको प्रगतिका लागि अनिवार्य कदम हो।
यस विषयमा हामीले गहिरो छलफल गर्नु पर्नेछ, जसले हाम्रो बहुलताको वास्तविकता, राष्ट्रिय एकताको आधार, र उत्पीडितहरूको अधिकारप्राप्तिका लागि राज्यको भूमिका स्पष्ट पार्न मद्दत गर्नेछ। नयाँ दृष्टिकोणबाट बहुल राष्ट्र निर्माणको मार्गचित्र तयार गर्न सकौँ। यही सन्दर्भमा मधेश लाइब्रेरी एण्ड रिसर्च सेन्टरको शनिवारको नियमित मधेश संवाद शृङ्खला अन्तरगत यस शनिवार `उत्पीडित समुदायको मुक्ति र बहुल राष्ट्रको सवाल´ विषयमा विमर्श गर्न चिन्तक तथा नेता बुद्ध छिरिङ मोक्तान आउँदै हुनुहुन्छ।
साथै, यो कार्यक्रमले आगामी पुस्ताहरूको लागि न्याय र समानताको बीउ रोप्न महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने हाम्रो आशा छ।
तपाईंहरूको उपस्थिति र सक्रिय सहभागिताको प्रतीक्षामा छौं।