Loading Events

All Events

  • This event has passed.

मधेश राजनितिको पुनर्गठनको आवश्यकता र युवाको भुमिका – मधेश संवाद ११

August 12, 2024 @ 3:30 pm - 6:00 pm
नेपालको हरेक परिवर्तनमा युवाले अग्रणी भूमिका निर्वाह गरेको छ। घोर नस्लीय तत्कालीन राजा महेन्द्र माथि बम प्रहार गरेर आफ्नो सहादत दिने दुर्गानन्द झा होस् या मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो होस्। तर, पनि युवाहरू राजनीतिमा सँधै पछि पारिए। वेदानन्द झा र गजेन्द्र नारायण सिंहको समय देखि शुरु भएको मधेशको रणनिति उपेन्द्र यादव र सिके राउत सम्म आइसक्दा पनि मधेशले पूर्ण रूपमा हक अधिकार पाइ नसकेओ अवस्था छ । यो अवधि मधेशले ठूला तीन मधेश आन्दोलन गर्यो र सेक्रौ मधेशी युवाहरूले सहादत दिए । सात दशक देखि मधेशले औपचारिक रूपमै सङ्घर्ष गर्दै आइरहँदा पनि समानता, न्यायसम्य ,आत्मसम्मान र स्वशासन प्राप्त गर्न सकेनौँ नै र मधेशका नेताहरू जनतामुखी भन्दा बढी सत्तामुखी भएको देखियो । मधेशराजनितिको राजनीतिक कोर्स करेक्सन हुनुपर्ने मान्यताका साथ मधेश पुस्तकालयले मधेशका बिभिन्न क्षेत्रका युवाहरू (हाल काठमाडौंमा अध्ययनरत एवं कार्यरत) सँग अन्तराष्ट्रिय युवा दिवसको अवसरमा “मधेश राजनितिको पुनर्गठनको आवश्यकता र युवाको भुमिका” विषयक युवा सङ्गोष्ठी गर्दछन् ।
🗓 मिति : २०८१/०४/२८
🕒 समय: ३:३० दिउँसो
📍 स्थान: Madhesh Library Hall

Details

Date: August 12, 2024
Time:
3:30 pm - 6:00 pm

Organizer

Madhesh Library & Research Center
Phone: 9825733821
Email: info@madheshlibrary.com

Venue

Madhesh Library Hall
Madhesh Library & Research Center
Kathmandu, Bagmati 45600 Nepal
+ Google Map
Phone: 9825733821